राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार राख्नु भनेको राज्यको धन सिध्याउनु हो : रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार आवश्यक नभएको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८० को उपराष्ट्रपतिको कार्यालयसम्बन्धी बजेटबारे छलफलमा भाग लिँदै सांसद पन्तले राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार राखरे राज्यको धन सिध्याउने तरिका ठिक नभएको बताएका छन् ।

उपराष्ट्रपतिले विदेश मामिलामा सल्लाह दिने सल्लाहकार राख्नु भएको छ रे। उहाँलाई के आवश्यकता आइलाग्यो सल्लाहकार राख्नलाई,’उनले भने,’राष्ट्रपतिलाई पनि चाहिदैन। राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री हो। मन्त्रिपरिषद हो। नेपाल सरकार हो। राष्ट्रपति चल्ने भनेको प्रधानमन्त्रीको सल्लाहबाट हो। त्यसैले राष्ट्रपतिले गरेका निर्णयहरूको आलोचना हुँदा सबैभन्दा बढि सरकारको गरिन्छ।’

उनले राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकार हरूलाई बजेट दिनु जनताले तिरेको करको दुरूपयोग भएको बताए। भने,’चाहिने नचाहिने पद खडा गरे आफन्तहरूलाई राखेर राज्यको धन सिध्याउने यो तरिका ठिक छैन।’

उनले अहिले राष्ट्रपति र उपराष्ट्रपतिको सचिवालयमा ठूलो संख्यामा कार्मचारी भर्ना गरिएको भन्दै आपत्ती जनाए। सांसद पन्तले उपराष्ट्रपति र राष्ट्रियसभा अध्यक्ष एउटै व्यक्ति बनाउनुपर्ने बताए।

ताजा अपडेट