सुनको जलहरी तौलिन अख्तियारको टोली आउने भएपछि खाली गराईयो पशुपति

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली जलहरीको अनुगमनमा आउने भएपछि पशुपतिनाथ मन्दिर खाली गराइएको छ । मन्दिर क्षेत्रमा पूजाआजा गर्न गएका भक्तजनलाई बाहिर निकालेर पशुपतिका सबै ढोका लगाइएको छ ।

जलहरी राख्दा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिर जान लागेको हो । अख्तियारको टोली ३ बजे पछि मन्दिरमा आउने स्रोतको भनाइ छ ।

अख्तियारको टोलीले जलहरीको तौल लिनेछ । पशुपति मन्दिर क्षेत्रमा नेपाली सेना पनि खटिएको छ ।

सुनको जलहरी राख्दा निर्धारित तौल भन्दा कम तौलको राखेर भ्रष्टाचार गरेको आरोप छ ।