सेयर बजार : नेप्से ६२ अंकले बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ६२.२१ अंकले बढेको छ। यस दिन नेप्से ३.०३ प्रतिशतले बढेर २११७.७३ बिन्दुमा पुगेको छ।

आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६६५ रुपैयाँ पुगेको छ।

यस दिन २७५ वटा धितोपत्रको १ करोड ४७ लाख ५१ हजार २४७ कित्ता सेयर किनबेच भएको हो।

आइतबार सात वटा कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ।

यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन, हिमालयन लाइफ इन्स्योरेन्स, एनएमबी ५०, सामलिङ पावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

यस्तै, बिपिडब्ल्यू लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशत, सिटी होटल र शिवम् सिमेन्टको सेयर मूल्य ९.९८ प्रतिशतका दरले बढेको छ।

यसैगरी, सेयरमूल्य सर्वाधिक घट्नेमा शुवम् पावर रहेको छ। कम्पनीको सेयरमूल्य ६.८१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७३६ रुपैयाँ २० पैसामा सीमित भएको छ।

यस्तै, सिटीजन्स म्युचुअल फण्ड–१ को इकाइ मूल्य ५.७८ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ८३ पैसामा झरेको छ।

आइतबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ६०५ रुपैयाँ ९० पैसामा ४९ करोड ९० लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ९.९८ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोल्टी होटल रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५१७ रुपैयाँमा ३८ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यस दिन जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ। उक्त समूहको परिसूचक सर्वाधिक ७.७९ प्रतिशतले बढेको छ।

यस्तै, निर्जीवन बीमा समूहको परिसूचक ६।०९ प्रतिशत, वित्त समूहको परिसूचक ५।७३ प्रतिशत र अन्य समूहको परिसूचक ५.२२ प्रतिशतले बढेको छ।