साम्पाङले लेखेको स्टाटसमा बालेनले समर्थन जनाउदै के भने ?

काठमाडौं । जनप्रतिनिधिहरु मध्ये अहिले सबैभन्दा चर्चित छन् धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह । यिनै चचौ परिचर्चाका बिच धरानका मेयर हर्क साम्पाङले आइतबार फेसबुकमा एक स्टाटस लेखे ।

उनले फेसबुकमा भनेका छन्, ‘पसिनाको भेल बगाए अनेक दुःख गरेर कोकाहाको पानी ल्याएँ । दुनियाँले बधाई दिए तर धरानका दलहरू मिलेर मलाई मुद्दा लगाए । यो कुरा जनताले आफ्नो करङमा लेखेर राख्नु ।’

उनको आशय थियो । आफूले श्रमदान गरेरै पानी पूर्ति गरे पनि दलहरूका नेताहरूले स्याबासी दिनुको साटो उल्टै मुद्दा हालेर दुःख दिए भन्ने ।

साम्पाङको सोही स्टाटसमा समर्थन जनाउदैँ काठमाडौंका मेयर बालेन शाहले दुःखमा आफू साथमा रहेको बताएका छन् ।

उनले कमेन्टमा भनेका छन्, केही फरक पर्दैन । कसैले केही भनेर, सोचेर केही फरक पर्दैन । तपाईँ अगाडि पुगिसक्नु भो कि । पछाडि जसले जे बोले पनि फरक पर्दैन ।’

उनले अगाडि लेखेका छन्, ‘सुखमा सबै साथमा भएपनि दुःखमा हामी छौँ । म छु । सबै हुनेछौँ ।

उनको यो कमेन्टमा मात्रै ५१ हजार बढीले रियाक्सन गरेका छन् ।

निर्वाचनपछि सुरुसुरुमा यी दुई मेयरको कुरा नमिलेपनि अहिले भने हरेक मुद्दामा एकै स्वर देखिएको छ ।

पछिल्लो समय बालेनले ग्रेटर नेपालको नक्सा राख्नेदेखि हिन्दी फिल्म बन्द गर्ने निर्णयमा साम्पाङ उनको साथमा देखिएका छन् ।