विश्वकपको ट्रफि नेपाल नल्याइने

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको ट्रफि नेपाल नल्याइने भएको छ ।

आईसीसीले सार्वजनिक गरेको भ्रमण तालिकामा रहेको राष्ट्रको सुचिमा नेपाल नपरेकोले ट्रफि नेपाल नल्याइने  भएको हो ।

भारतमा हुने एक दिवसीय विश्वकपको ट्रफि विश्वका १८ राष्ट्रको भ्रमण गर्ने छ । भ्रमणमा पर्नेमा आयोजक भारत, कुवेत, बहराइन, मलेसिया, अमेरिका, नाइजेरिया, युगान्डा, इटाली, फ्रान्स, अष्ट्रेलिया, पीएनजी, न्युजिल्याण्ड, वेस्ट इन्डिज, पाकिस्तान, बंगलादेश र दक्षिण अफ्रिका रहेका छन् ।

सेप्टेम्बर ४ मा सुरु हुने ट्रफिको यात्रा विश्वकप आयोजक राष्ट्र भारत पुगेर सकिनेछ ।

यसअघि सन् २०१८ मा विश्वकपको ट्रफि पहिलो पटक नेपालमा ल्याइएको थियो । त्यतिबेला उक्त ट्रफिलाई काठमाडौं र पोखरामा प्रदर्शनमा राखिएको थियो । सो समयमा तत्कालिन राष्ट्रपति विद्यादेवि भण्डारीले शीतल निवासमा ट्रफि उचालेकी थिइन् ।

सन् २०२२ मा टि–२० विश्वकपको ट्रफि पनि नेपालका विभिन्न ठाउँमा प्रदर्शन गरिएको थियो ।