साफ च्याम्पियनसिप फुटबल : नेपाल र पाकिस्तान खेल्दै

काठमाण्डौ । १४औँ संस्करणको साफ च्याम्पियनसिप फुटबलमा समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ ।

खेल भारतको बेङ्ग्लोरमा दिउँसो पौने ४ बजे सुरु हुनेछ । नेपाल र पाकिस्तान प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

समूह ‘ए’ मा रहेका नेपाल र पाकिस्तान समान २ खेलमा अङ्कविहीन छन् । साविक उपविजेता नेपाल पहिलो खेलमा कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । त्यस्तै, पाकिस्तान पनि भारत र कुवेतसँग पराजित भएको थियो ।

समूह ‘ए’ बाट कुवेत शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेका छन् । आज हुने कुवेत र भारतबीचको खेलपछि समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।