श्वेता खड्का सपरिवार लिएर ओलीलाई भेट्न पुगेपछि….

काठमाडौं । अभिनेत्री श्वेता खड्का एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छन् ।

छोरी ब्रिआना र पति विजयन्द्रसिंह रावतलाई लिएर उनी ओली निवास पुगेकी हुन् । भेटपछि सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै उनले नेता ओलीबाट आफूले आशिर्वाद लिएको उल्लेख गरेकी छन् ।

भेटमा अध्यक्ष ओलीले श्वेतापुत्री ब्रिआनालाई काखमा लिएर सुम्सुमाइरहेको देख्न सकिन्छ । तस्वीरमा ओली मुस्कुराएका छन् । भेटपछि सामाजिक सञ्जालमा श्वेताले गरेको पोस्टमा लेखिएको छ, ‘काम ठूलो हुन पर्दैन, जे गर्छौं प्रेमपूर्वक गर्दा, सदैव लक्ष्मीको बास हुन्छ । सम्माननीय पूर्वप्रधानमन्त्री केपी बुवा हजुरसँग पहिलो भेट ब्रिआनाको । आशिर्वाद लिंदै ।’