आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ९ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ९ सय र चाँदीको मूल्य १ हजार ३७० रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार, तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय र चाँदीको मूल्य १ हजार ३७५ रुपैयाँमा तोकिएको थियो ।