कुशल भुर्तेल आठ रनमा आउट

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार हुने प्लेअफ चरणको आयरल्यान्डविरुद्घको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । पहिलो विकेटका रूपमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल पेभेलियन फर्किएका हुन् । उनी आठ रन बनाउँदै आउट भए । उनको विकेट क्रेग योङले लिए । नेपाल ८.१ ओभरमा २७ रन बनाएर खेल्दैछ ।

नेपालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको हो । नेपालले आयरल्यान्डसँग पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो । यसैगरी नेपाली टोलीले आईसीसीबाट टेस्ट मान्यताप्राप्त राष्ट्रसँग तेस्रो पटक प्रतिस्पर्धा गरेको हो ।