श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

काठमाडौं । सप्तरीमा श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्लाको सम्भुनाथ नगरपालिका ५ मोहनपुर बस्ने ३२ वर्षीया किरणकुमारी चौधरीको हत्या भएको प्रहरीले जानकारी दिएको छ।

मंगलबार दिउँसो कोठामा बेहोस अवस्थामा भेटिएकी थिइन्। उनलाई तत्काल उपचारका लागि कठौनास्थित कृष्ण अस्पताल पुर्‍याइएपनि उनलाई मृत घोषणा थियो।

अस्पतालमा किरणको मृत्यु भएपछि उनका श्रीमान् ईनरदेव चौधरी मंगलबार नै पक्राउ परेका थिए।

सामान्य सोधपुछका क्रममा उनले श्रीमतीमाथि कुटपिट गरेको थाहा पाएपछि उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।