राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र २०८६ (च) जारी गर्ने भएको छ ।

नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागद्वारा विशेषता, प्रक्रिया एवं शर्तहरु सहित ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६‘च’ बोलकबोल प्रक्रियाद्वारा निष्काशन गरिने भएको हो । भने, बोलकबोलमार्फत असार २२ ९शुक्रवार० अपराह्न ३ः०० बजेसम्म खुल्ला गरिएको छ ।

त्यस्तै, ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुने, ब्याज भुक्तानी अर्धवार्षिक र आर्जित ब्याजमा ब्याजदर लाग्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंकले ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्नेछन् । ऋणपत्र २०८६ असार २२ गते परिपक्व हुनेछ ।