लुम्बिनी प्रदेश सभा बैठक रोकियो

काठमाडौं । लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनको सत्रौं बैठक चलिरहँदा जेनेरेटरमा आगलागी भएपछि बैठक रोकिएको छ ।

विपक्षी दल एमालेका प्रमुख सचेतक तुलसी चौधरीले बोलिरहेको बेला जेनेरेटरमा आगो लागेको हो । सभामुख तुलाराम घर्तीले चौधरीले बोलेर सकाउँदै गर्दा प्रदेश सभाको जेनेरेटरमा आगो लागेकाले केही समय सदन रोक्ने सूचना सांसदहरुलाइृ दिएका थिए ।

यसअघि मुख्यमन्त्री डिल्ली चौधरीले हिजो राती विपक्षी दल एमालेसँग भएको सहमतिअनुसार सदनमा बोलेपछि सदन सुचारु भएको थियो ।