हामीले राम्रो काम गरिरहेको अरुलाई पचिरहेको छैन : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनौतीपूर्ण अवसरमा हामीले राम्रो काम गरिरहेको अरुलाई नपचेको बताएका छन् ।’
। आज एक भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले भने, ‘यो पटक हामीले चुनौतीपूर्ण अवसरमा राम्रो काम गरिरहेका छौं । त्यो कुरा अरुलाई पचिरहेको छैन ।’

उनले भने, ‘हामीलाई घेरा हाल्ने र सखाप पार्ने प्रतिक्रियावादी रणनीति थियो । हाम्रा सिंग छन्, दाह्रा छन् भनेर अपराधीकरण गरियो । हामीलाई सखाप पार्ने अभियानको प्रतिवाद गरेर अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौं । अहिले पनि प्रतिक्रियावादी जाली, फटाहाहरुको त्यही नीति छ, जुन जनयुद्धकालमा थियो । अहिले पनि त्यही डिजाइनअनुसार अघि बढिरहेका छौं ।’

उनले माओवादी आन्दोलनमाथि भ्रम फैलाउनेहरुको घेरा तोड्दै प्रतिवाद गर्न निर्देशन दिए । प्रचण्डले अहिले माओवादी शक्तिहरु एकताबद्ध भएपछि २०६४ को भन्दा बलियो शक्ति बन्ने जिकिर गरे ।

माओवादी केन्द्र कमजोर भए पनि देशको राजनीति आफ्नै हातमा रहेको उनको भनाइ छ । अहिले राज्यको बागडोरको नेतृत्व आफैंले गरिरहेको उनको भनाइ छ ।