एमालेको अवरोध पछि राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै बैठक बस्न सकेन

काठमाडौं । तीन बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सुरु भएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले जवाफ माग्ने तयारी गरेपछि संसद बैठक बस्न नसकेको हो ।

यसअघि राष्ट्रियसभामा पनि एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै बैठक अवरोध गरेको थियो । एमालेको अवरोधपछि स्थगित भएको राष्ट्रियसभा बैठक पनि बस्न सकेको छैन ।