सेयर बजार पुरै राताम्मे

काठमाडौं । सेयर बजारमा ३९.२६ अंको गिरावट आएको छ। मंगलबार सामान्य अंकले बढेको नेप्से आज उच्च अंकले घटेर २०४९.४४ विन्दुमा ओर्लिको छ।

आज सबै समूहको सेयर उच्च अंकले घटेको छ। आज नेप्से उच्च अंकले घटे पनि कारोबार रकम भने हिजोको तुलनामा केही सुधार भएको छ।

मंगलबार दुई अर्ब ५७ करोड ६१ लाख रुपैयाँबराबरको कारोबार भएकोमा आज आज दुई सय ७७ वटा कम्पनीका सेयर किनबेच हुँदा तीन अर्ब सात करोड रुपैयाँबराबरको कारोबार भएको छ।

आज बिपिडब्लु लघुवित्त र मोदी इनर्जीको सेयर १० प्रतिशतले घटेको छ भने सिटी होटेल र रावा इनर्जीको सेयर १० प्रतिशतले बढेको छ।