बालुवाटारमा सात दलको बैठक जारी

काठमाडौं । सरकारमा सहभागी ७ दलको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संसद्को अवरोध हटाउने विषयमा छलफल हुनेछ ।

यस्तै, मिटर ब्याजविरुद्धको अध्यादेश निष्क्रिय भएको विषयमा पनि छलफल केन्द्रित हुनेछ ।