राष्ट्रिय सभा बैठक स्थगित, आइतबार बैठक बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि राष्ट्रिय सभा बैठक अवरोध गरेको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले पटक पटक दिल्ली धाएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले सदन अवरोध गर्दै आइरहेका छन् ।

एमालेकी सांसद विमला घिमिरेले प्रधानमन्त्रीले प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नसक्ने बताएकी छन् ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले तीनदिनदेखि बैठक अबरोध हुँदै आइरहेको उल्लेख गर्दै संवाद र छलफलबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन् । एमालेको अवरोधपछि स्थगित भएको राष्ट्रिय सभा बैठक अब असार २४ गते आइतबार बस्ने छ ।