राष्ट्रियसभाको बैठक आज नबस्ने

फाईल तस्बिर

काठमाडौं । राष्ट्रियसभाको बैठक आज नबस्ने भएको छ । आज बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बैठक तय गरिएको थियो ।

विशेष कारणवश बैठकको समय सारिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार भोलि ९मंगलबार० बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बैठकको समय तय गरिएको छ ।

“राष्ट्रियसभाको आज सोमबार ११:०१ मा बस्ने भनिएको बैठक विशेष कारणवश भोलि मंगलबार ११।०१ मा बस्ने गरी समय परिवर्तन भएको जानकारी गराइन्छ,” प्रेस सल्लाहकार शर्माले भनेका छन् ।

प्रमुख प्रतिपक्ष दल एमाले को विरोधका कारण संसद् बैठक अवरुद्ध हुँदै आएको छ ।