पशुपतिमा ओलीले गर्ने भनिएको क्षमापूजा किन भयो स्थगित ?

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा गर्ने भनिएको क्षमापूजा स्थगित भएको छ ।

ओलीको सचिवालयले श्रावणको पहिलो सोमबारका दिन पत्नी राधिकासहितको क्षमापूजा स्थगित भएको जनाएको हो ।

आज बिहान ९ बजे पशुपतिमा क्षमापूजा गर्ने कार्यक्रम तय भएको थियो ।

ओलीले अब छिट्टै नै अर्को मितिमा क्षमापूजा गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।