झिनो अंकले घट्यो सेयर बजार

काठमाडौं । नेप्से आज ०.८० अंकले घटेर २०७६.९६ बिन्दुमा कायम भएको छ ।

यस दिन बजारमा १ करोड ११ लाख ८२ हजार ३३५ कित्ताको शेयर खरिदबिक्री हुँदा ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार ५८३ रुपैयाँको कारोबार भएको छ ।

आज रवा एनर्जी डेभलपमेन्ट र गुवेश्वरी मर्चेन्ड बैंक एण्ड फाइनान्स कम्पनीले अत्याधिक नाफा कमाएका छन् । हिमालयन हाइड्रोपावर र सीटी होटल लिमिटेडले सर्वाधिक गुमाएका छन् ।

त्यस्तै, कारोबारका आधारमा सोल्टी होटल लिमीटेड ३३ करोड १२ लाख ९० हजार ९१२ रुपैयाँको कारोबाका साथ शीर्ष स्थानमा रहेको छ ।