काठमाडौं महानगरले उठायो एकैदिन साढे ३ करोड घरवहाल कर

काठमाडौं । काठमाडौं महानगरपालिकाले एकैदिन साढे ३ करोडभन्दा धेरै घरवहाल कर उठाएको छ ।

महानगरले सोमबार मात्रै घर वहाल कर बाफत ३ करोड ६३ लाख ८३ हजार ४२३.७८ रुपैयाँ संकलन गरेको हो । महानगरपालिका राजस्व विभागको सार्वजनिक गरेको तथ्यांक अनुसार सो रकम उठाएको हो ।

त्यस्तै, सम्पत्ती कर ३६ लाख १२ हजार ४२०.६३ र भुमि तथा मालपोत कर बाफत ३७ हजार ९.२९ रुपैयाँ उठाएको छ ।
पर्यटन शुल्क १ लाख ५३ हजार ७ सय, प्रशासनिक सेवा शुल्क २ हजार ४० रुपैयाँ संकलन गरेको हो भने महानगरले नक्सापास दस्तुर १६ लाख ४२ हजार ७९९ रुपैयाँ, सिफारिश दस्तुर २ लाख ९० हजार १३२ रुपैयाँ कर संकल गरेको हो ।

व्यक्तिगत घटना दस्तुर बापत ५ हजार १ सय, नाता प्रमाणित दस्तुर १७ हजार १ सय र व्यवसाय रजिष्ट्रेशन दस्तुर ४३ लाख ७६ हजार ९३४ रुपैयाँ उठाएको छ ।

त्यसैगरी प्रशासनिक दण्ड, जरिवाना र जफतबाट ६६ हजार रुपैयाँ र धरैटी सदस्यता बाफत ७ सय रुपैया गरी कुल ४ करोड ७५ लाख ५१ हजार ४३९.९८ रुपैया आज एकै दिन कर उठाएको हो ।