काठमाडौं महानगरका नगर प्रहरीहरू कारबाहीमा, ७ जना जागिरबाट हटाइए, ५ जना निलम्बनमा

काठमाडौँ । सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गर्ने काठमाडौं महानगरका नगर प्रहरीहरू कारबाहीमा परेका छन् ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाएको छ । स्थायी सेवामा रहेका ५ जनालाई निलम्बन गरिएको छ ।

उनले भने, ‘अमानवीय व्यवहार देखिएपछि हामीले यस अघि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेका छौँ । हामीले व्रिफिङ्मा अभद्र व्यवहार नगर्न भनेका छौँ । यसका साथै जनस्तरका आएका गुनासाहरूको अध्ययन गरेर गल्ती गर्ने नगर प्रहरीलाई कारबाही गर्ने गरेका छौँ ।’

यस प्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरण सम्बन्धी तालिम दिन थालिएको पाण्डेको भनाइ छ ।