महिला फुटबल टोली आज बङ्गलादेश जाने

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोली आज बङ्गलादेश प्रस्थान गर्दै छ ।

नेपाल बङ्गलादेश बीच हुने मैत्रीपूर्ण खेलमा सहभागी हुनका लागि महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।

जसअनुसार नेपालले बङ्गलादेशसँग पहिलो खेल असार २८ गते र दोस्रो खेल असार ३१ गते खेल्दै छ ।

नेपाली महिला फुटबल टोली

गोलकिपर – एन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ

डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजना राना, विमला विके, निशा थोकर, समीक्षा घिमिरे, अन्चली वाइवा
मिडफिल्डर – रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही

फरवार्ड – सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल