मन्त्रिपरिषद्को निर्णय : सीता दाहाललाई ‘फस्ट लेडी’ को हैसियतमा अन्तिम बिदाइ गरिने

काठमाडौँ । नेपाल सरकारको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति नेपाल सरकारको तर्फबाट दुःख तथा समवेदना प्रकट गर्ने निर्णय गरेको छ ।

मध्यान्न १२ बजे सिंहदरबारमा बसेको बैठकले सीता दाहाललाई ‘फस्ट लेडी’ को हैसियतमा अन्तिम सम्मान दिने निर्णय भएको मन्त्री अमनलाल मोदीले जानकारी दिए ।

कार्डियाक अरेस्टका कारण आज बिहान नर्भिक अस्पतालमा दाहालको निधन भएको थियो । दिउँसो २ बजे पशुपतिस्थित आर्यघाटको सम्मानसहित अन्तिम संस्कार गर्ने समय तय भएको छ ।