पेरिसडाँडामा सीतालाई श्रद्धाञ्जली, प्रचण्डको आँखामा थामिएन आँसु

काठमाडौँ । प्रधानमन्त्रीपत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।

कार्यालयको प्राङ्गणमा आयोजित शोकसभामा उनको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनको पार्थिव शरिरमा प्रधानमन्त्री दाहालले पार्टीको झण्डासमेत ओढाए । सो क्रममा प्रचण्डका आँखाबाट आसु झरिरहेको थियो । उपस्थित अन्यले पनि श्रद्धाञ्जली अपर्ण गर्दै एक मिनेट मौन धारणा गरेका थिए ।