काठमाडौं महानगर अगाडि युवाहरुको प्रदर्शन

काठमाडौं । काठमाडौं महानगर अगाडि युवाहरुले गरीबको चमेली बोल्दीने कोही छैन गीत गाउँदै प्रदर्शन गरेका छन्।

बुधबार बिहान काठमाडौंमा सन्चालित साना व्यापारी र व्यवसायीहरुले गरीखाने वातावरण बनाइदिन माग गर्दै स्वतन्त्र युवाहरुले प्रदर्शन गरेका हुन्।

पछिल्लो समय काठमाडौंमा नगरप्रहरीहरु ठेलागाढा, साइकल र पुटपाथमा व्यापार गर्नेहरुविरुद्ध निर्मम ढंगले प्रस्तुत हुँदै आएका छन्। उनीहरुलाई नियन्त्रणमा लिने नाममा नगरप्रहरीहरुले लछारपछार गर्ने र सामानमा क्षति पुर्याइदिने गरेको गुनासो व्यापारीहरुको छ।