संघीय निजामती सेवा ऐन छिट्टै ल्याउँछौं : मन्त्री मोदी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन छिट्टै ल्याउने बताएका छन्।

सांसदहरूले उठाएका प्रश्नको राष्ट्रिय सभामा बिहीबार जवाफ दिँदै मन्त्री मोदीले छिट्टै निजामती सेवा ऐन ल्याउने बताए।

‘मैले ऐनमा चासो राखेको छु। देखिएका समस्या समाधान गर्न लागिरहेको छु,’ उनले भने, ‘संघीय निजामती सेवा ऐन र अन्य ऐनहरू कसरी ल्याउने भनेर प्रधानमन्त्री र उपप्रधानमन्त्रीले पनि छलफल गर्नुभएको छ।’

उनले छिट्टै संघीय निजामती सेवा ऐन ल्याउने सांसदहरूलाई विश्वास दिलाएका थिए। ‘जसरी पनि संघीय निजामती सेवा ऐन ल्याउँछौं,’ उनले भने।