अत्याधिक गर्मीका कारण अमेरिकाका धेरै सहरहरूमा ‘हिट स्ट्रोक लकडाउन’

प्रतिकात्मक तस्बिर

काठमाडौं । यतिबेला अमेरिकामा चरम गर्मीले मानिसहरु हैरान छन् । क्यालिफोर्निया, टेक्सास, फ्लोरिडा जस्ता शहरहरूमा चरम गर्मी भइरहेको छ।

तापक्रम ४३ डिग्री सेल्सियस नाघेको छ । क्यालिफोर्नियाको डेथ भ्यालीको अवस्था निकै खराब छ ।

आइतबार तापक्रम ५४ डिग्री सेल्सियस पुग्न सक्ने अनुमान गरिएको छ। अमेरिकाका यी सहरहरूमा गर्मीका कारण घरबाट निस्कन नसक्ने अवस्था बनेको बताइएको छ । सोही कारण धेरै सहरहरूमा गर्मी स्ट्रोक लकडाउन लगाइएको छ।

बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म मानिसलाई घरबाट बाहिर निस्कन निषेध गरिएको छ । एक सय मिलियन मानिसहरू यो चरम गर्मीको जोखिममा छन्।

क्यालिफोर्नियाको डेथ भ्यालीले यसअघि पनि यस्तो गर्मीको अनुभव गरिसकेको छ। टेक्सास, फ्लोरिडा र एरिजोनामा विगत केही सातादेखि चरम गर्मी भइरहेको छ।

फिनिक्समा पारा ४७–४८ डिग्रीको आसपास रहेको छ ।

यी सहरहरूमा रातमा पनि आराम छैन। रातमा पनि तापक्रम ३२ देखि ३३ डिग्री सेल्सियस रहने गरेको बताइएको छ।