प्रतिबन्ध लगाइएको सय वर्षपछि नदीमा पौडी खेल्न अनुमति

काठमाडौं । फ्रान्सको राजधानी पेरिसको सीन नदीमा अब मानिसहरूलाई पौडी खेल्न अनुमति दिइएको छ। पानीको गुणस्तर खराब भएकाले यहाँ १०० वर्षअघि अर्थात सन् १९२३ मा सार्वजनिक पौडी खेल्न प्रतिबन्ध लगाइएको थियो ।

अब पेरिसका मेयर एनी हिडाल्गोले सन् २०२५ मा यो प्रतिबन्ध पूर्ण रूपमा हट्ने बताएकी छन् । तर, यसअघि ओलम्पिक खेलकुदको तयारीका लागि स्वदेशमै पौडी खेल्ने अनुमति दिइनेछ । यसको उद्देश्य भनेको पौडी प्रतियोगिताको लागि राम्रोसँग तयारी गर्न सकून् भन्ने हो ।

यस नदीको पानी सुधार गर्न र पेरिसको ढल प्रणाली मर्मत गर्न करिब १ अर्ब ५४ करोड अमेरिकी डलर खर्च भएको छ । ‘फ्रान्स २४’ को रिपोर्ट अनुसार मेयरले हाल स्विमिङका लागि तीनवटा मात्रै साइट खोल्न स्वीकृति दिएकी छिन् । यसको कारण अन्य ठाउँमा पनि काम भइरहेको र पूरा हुन अझै केही समय लाग्ने बताइएको छ । यी मध्ये एउटा साइट यस्तो छ कि यो एफिल टावरको धेरै नजिक छ।

नगर प्रशासनको विज्ञप्ति अनुसार अहिले सीन नदीको पानी एकदम सफा छ । उत्कृष्ट श्रेणीको पानीको प्रमाणपत्र पनि पाएको छ । त्यसैले अब यहाँ मानिसलाई पौडी खेल्न कुनै समस्या नपर्ने र स्वास्थ्यमा कुनै हानी हुने छैन ।

रिपोर्टका अनुसार पेरिस सहरको ठूलो भागको फोहोर सीन नदीमा फेला परेको थियो । यसलाई रोक्न योजना बनाएर विज्ञको सहयोग लिइयो । सहरको ढल प्रणाली एकदमै आधुनिक तरिकाले डिजाइन गरिएको थियो। यसका लागि पानी प्रशोधन केन्द्रहरू स्थापना गरिएको थियो र ती प्लान्टहरूमा लगभग २३ हजार अपार्टमेन्ट जडान गरिएको थियो ताकि तिनीहरूको फोहोर पानी सीन नदीमा मिसिन नपरोस्।

यो नदीमा चल्ने हाउसबोट पनि ठूलो समस्या थियो । तिनीहरूको संख्या २६० थियो र तिनीहरूको ढल पनि नदीमा जान्थ्यो। त्यसैले प्रशासनले उनीहरुका लागि छुट्टै योजना बनाएको छ । अहिले यी डुङ्गा पनि चलिरहेका छन् र त्यसको फोहोर नदीमा जाँदैन । ओलम्पिक खेलकुदका क्रममा सीन नदीमा केही कार्यक्रमहरू आयोजना हुनेछन्। यस खोलामा १२३ वर्षपछि पहिलो पटक कुनै किसिमको बहुराष्ट्रिय जल खेलकुद प्रतियोगिता हुन लागेको हो ।

मिडियासँगको कुराकानीमा मेयर एनीले भनिन्, ‘सीन नदीमा फेरि रमाइलो गरेको हेर्नु हाम्रो सपना थियो । धेरै मिहिनेत भयो, धेरै कोष पनि खर्च भयो, तर अब सपना साकार भएको छ। सँगै मिलेर यो सपना पूरा गरेका छौं ।’

अहिले मेगा खेलकुद प्रतियोगिता हुन एक वर्षभन्दा कम समय बाँकी रहेकाले त्यसअघि बाँकी रहेका कुरा पनि सच्याइने नगर प्रशासनको दाबी छ ।