भ्रष्टाचारमा पक्राउ परेका यातायातमन्त्री धरौटीमा रिहा

काठमाडौं । सिंगापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । यातायातमन्त्री एस। ईश्वरनलाई गत मंगलबार पक्राउ गरेपछि धरौटीमा रिहा भएका हुन् ।

उनीसँगै त्यहाँका सबैभन्दा धनी तथा होटल व्यवसायी ओङ बेङ सेङलाई पनि पक्राउपछि धरौटीमा छाडिएको त्यहाँको अनुसन्धान ब्यूरोले जनाएको छ ।

सिंगापुर विश्वको सबैभन्दा कम भ्रष्टाचार हुनेमध्येको एक मुलुक हो । यो विश्वकै विश्वसनीय वित्त केन्द्रहरु न्युयोर्क, लण्डनपछिको एक हो ।