संसदीय दलको नेता बनेर पार्टी राम्रोसँग हाँक्नसक्छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालो पार्टीमा संख्या पुगेको बेलामा आफू संसदीय दलको नेता बन्ने प्रयास जारी राख्ने बताएका छन्। शनिबार बिराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले आफू संसदीय दलको नेता बनेर पार्टीलाई हाँक्न सक्षम रहेको दाबी गरे।

‘यदी कांग्रेसभित्र संख्या पुगेको र आवश्यक भएको खण्डमा संसदीय दलको नेता बदलेको इतिहास छ। र, म त संसदीय दलको नेतामा प्रतिस्पर्धा गरिरहेको छु,’ उनले भने, ‘म हुनुपर्छ भनेर कोसिस गरेको हुँ। मैले ठानेको कुरालाई सबै साथिहरुले ठान्नुभएन र संख्या पुगेन। मेरो निरन्तर यसमा कोसिस रहिरहन्छ।’

उनले आफूले दाबी गरेको कुरालाई यसअघि पार्टीबाट समर्थन नमिलेको भन्दै अब आफ्नो प्रयास सार्थक हुनेबित्तिकै स्वभाविक दाबी रहने बताए।

‘मैले ठानेको कुरालाई सबै साथिहरुले ठान्नुभएन र संख्या पुगेन। मेरो निरन्तर यसमा कोसिस रहिरहन्छ। म अहिलेपनि नेपाली कांग्रेसमा संसदीय दलको नेता बनेर राम्रोसँग हाँक्नसक्छु भन्ने लाग्छ,’ थापाले भने, ‘मैले त्यसका लागि प्रयास गर्ने स्वभाविक हो। मैले गर्ने प्रयासमा साथिहरूको संख्याले प्रयासलाई सार्थकता दिन्छ त्यतिबेला स्वभाविक रुपमा मैले प्रयास गर्छु।’

साथै, उनले आफूहरुले ध्यान अहिले नीति महाधिवेशतर्फ रहेको पनि बताए नीति महाधिवेशनको मिति तय गरेर स्वतन्त्र ढंगबाट सोच्न लाग्ने उनले बताए।

थापाले भने:
अहिले हाम्रो सम्पूर्ण ध्यान यो बैठकमा केन्द्रीत छ। यो बैठकबाट नीति महाधिवेशनको मिति तय गर्छौं। नीति महाधिवेशनले धेरै कुराहरूमा छलफल गर्छ र केही कुराहरुमा पार्टीले लिएको केही नीतिमा ब्रेक पनि लगाउनुपर्छ। खासगरी निर्वाचनभन्दा अघि गठबन्धन गर्ने परिपाटी नेपालमा सुरुवात भयो र त्यसले नेपालको राजनीतिलाई गाँज्यो। दलहरू स्वतन्त्र ढंगले सोच्न पनि नसक्ने अवस्था भयो। कांग्रेसको नीति महाधिवेशनले त्यसलाई ब्रेक लगाउनुपर्ने छ। कतिपय कुराहरुको नयाँ बाटो खोज्नुपर्नेछ र कतिपय कुराहरुलाई रोक्नुपर्नेछ। नीति महाधिवेशन सकेसम्म भदौ मसान्तसम्म गर्नेगरी मिति तय गर्ने र त्यसलाई पार्टीको हितमा सर्वोत्तम प्रयोग गर्नेमा हाम्रो ध्यान छ।

हाम्रो पार्टीको संसदीय दलको विधानले संसदीय दलको नेता आवश्यक भयो र त्यसका लागि आवश्यक संख्या भयो भने त्यसलाई परिवर्तन गर्ने ठाउँ दिएको छ। त्यसको पटक पटक कांग्रेसभित्र प्रयोग पनि भएको छ। कुनैबेला संसदीय दलको नेता ।गिरिजाप्रसाद कोइराला हुुनुहुन्थ्यो। उहाँले राजीनामा दिइसकेपछि त्यो बेलामा संख्या पुर्याएर तत्कालिन नेता अहिलेको पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता परिवर्तन गर्नका लागि प्रयास गर्नुभएको र परिवर्तन गर्न सक्नुभएको क्षण म स्मरण गर्छु। यदी कांग्रेसभित्र संख्या पुगेको र आवश्यक भएको खण्डमा संसदीय दलको नेता बदलेको इतिहास छ। र, म त संसदीय दलको नेतामा प्रतिस्पर्धा गरिरहेको छु। म हुनुपर्छ भनेर कोसिस गरेको हुँ। मैले ठानेको कुरालाई सबै साथिहरुले ठान्नुभएन र संख्या पुगेन। मेरो निरन्तर यसमा कोसिस रहिरहन्छ। म अहिलेपनि नेपाली कांग्रेसमा संसदीय दलको नेता बनेर राम्रोसँग हाँक्नसक्छु भन्ने लाग्छ। मैले त्यसका लागि प्रयास गर्ने स्वभाविक हो। मैले गर्ने प्रयासमा साथिहरूको संख्याले प्रयसलाई सार्थकता दिन्छ त्यतिबेला स्वभाविक रुपमा मैले प्रयास गर्छु।