रास्वपाले बोलायो संसदीय दलको बैठक, मिटरब्याजसम्बन्धी विधेयकमा छलफल हुने

फाईल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । मिटरब्याजसम्बन्धी विधेयक र केही नेपाल ऐनलाई संशोधन गर्न ल्याएको विधेयकमाथि आफ्नो धारणा तय गर्न रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।

१ बजे संसद बैठक बस्नुअघि रास्वपाले संसदीय दलको बैठक बोलाएको हो । ‘मिटरब्याजसम्बन्धी विधेयक छिटो पास गर्नुपर्छ भन्ने हाम्रो माग हो । नेपाल ऐनलाई संशोधन गर्न ल्याएको विधेयकमा पनि छलफल गर्न बैठक बोलाएका हौँ,’ प्रमुख सचेतक सन्तोष परियारले भने ।

रास्वपाले अघिल्लो बैठकमा आज मिटरब्याजसम्बन्धी विधेयक नल्याए सदन अवारोध गर्ने चेतावनी दिएको थियो । संसदको आजको कार्यसूचीमा मिटरब्याजसम्बन्धी विधेयक समावेश गरिएको छ ।