एमाले प्रचार विभाग विस्तार, को-को भए मनोनीत ?

फाईल तस्बिर

काठमाडौं । नेकपा एमालेले प्रचार विभागमा थप एघार जना मनोनीत भएका छन् । शनिबार बसेको सचिवालय बैठकले प्रचार विभागमा थप सदस्यहरु मनोनीत गरेको हो ।

प्रचार विभागका प्रमुखको सिफारिसमा डा। महेन्द्र बिष्ट, गणेश पाण्डे, राजेश राई र लिलाराज भट्टराईलाई सदस्य मनोनीत गरिएको छ । बिष्ट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् ।

पाण्डे र राई प्रेस चौतारी नेपालका उपाध्यक्ष छन् । भट्टराई पूर्व उपाध्यक्ष हुन् ।

चौतारीका पूर्व नेताहरु अक्षरी पोखरेल, लालबाबु शेख, शेरबहादुर केसी, दीपक ज्ञवाली, रामकृष्ण ज्ञवाली, सूर्यमणि गौतम र हेमन्त पौडेललाई प्रचार विभाग सदस्य मनोनित भएका छन् ।

यसअघि प्रचार विभागमा निर्मला शर्मा, गणेश बस्नेत, उजिर मगर, टीका बिष्ट र रोशन खड्का सदस्य थिए ।

‘राम्रो काम गर्नेहरु छानेर बाँकी सदस्य पनि चाँडै मनोनित गरिन्छ’, प्रचार प्रमुख राजेन्द्र गौतमले भने ।