युएईको ६ विकेट पतन, भुर्तेल एक्लैले लिए ४ विकेट

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालविरुद्ध मैदानमा उत्रिएको यूएई ‘ए’ ले पाँचौं विकेट गुमाएको छ।नेपालका लागि तेस्रो, चौथो, पाँचौं र छैटौं विकेट कुशल भुर्तेलले लिए। उनले ४ ओभर वलिङ गर्दै २४ रन लिएर ३ विकेट लिए।

भुर्तेलले युएई ‘ए’ का अलि नासीर, इथान डीसोज, फहद नवाज र लभप्रित सिंहको विकेट लिए। सिंह ८२ बल खेल्दै ५२ रनामा आउट भए। इथानले १८, फहदले ४ रन र अलिले १ रन बनाए।

नेपालका लागि दोस्रो विकेट पवन सर्राफले लिएका थिए। शन्स टान्डनलाई सर्राफले एलबीडब्लु आउट गराए। उनी १३ बल खेल्दै ३ रन बनाएर आउट भए।

कुशल मल्लले पहिलो विकेट लिएका थिए। उनले आर्यान्स शर्मालाई सर्राफबाटै क्याच आउट गराएका थिए। उनी ३० बलमा १४ रन बनाएर आउट भए।