सडकबाट बस खस्दा ८ जना घाइते

काठमाडौं । भक्तपुरको साँगामा बस खस्दा आठ जना घाइते भएका छन्।

काठमाडौं बाट काभ्रे जाँदै गरेको बा ४ ख ९३९६ नम्बरको बस साँगामा खसेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा ८ जना घाइते भएका छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ।

मध्यपुर थिमी अस्पतालमा पाँच जना र डा। इवामुरा अस्पतालमा तीन जनाको उपचार भइरहेको हो।

उक्त बसमा सवार अन्यको पनि प्रहरीले उद्धार गरिसकेको छ। उक्त बसमा अन्दाजी १५(२० जना सवार थिए।

के कारणले दुर्घटना भएको हो भन्नेबारे अनुसन्धानपछि थाहा हुने डिएसपी पाठकले बताए।