सुन तस्करीमा संलग्न भएको भन्दै चरित्रहत्या गर्ने विरुद्ध मल्होत्रा कानूनी कारबाहीमा जाने

काठमाडौं । व्यवसायी दीपक मल्होत्राले बुधबार विमानस्थलबाट बरामद भएको सुन तस्करीमा आफ्नो संलग्नताको आशंका भन्दै केही व्यक्ति र मिडियाले चरित्रहत्या गरेको आरोप लगाएका छन् ।

मल्होत्राले आफ्नो चरित्रहत्या गर्नेविरुद्ध मानहानीको मुद्दामा जाने भन्दै आजै दिउँसो पत्रकार सम्मेलन गर्ने बताएका छन् ।

मल्होत्राले एउटा व्यक्तिले एक क्वीन्टल सुन ल्याउन सम्भव समेत नभएको र सो सुनसँग आफ्नो कुनै सम्बन्ध नरहेकाले आशंका भनेर बदनाम गर्नेविरुद्ध कानूनी कारबाहीमा जाने बताए ।

दिउँसो पत्रकार सम्मेलन गरेर आफू कानूनी कारबाहीमा जाने उनको भनाइ छ ।