कांग्रेस केन्द्रीय समिति बैठक : बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले कांग्रेस वरिष्ठ नेता एवं पूवै गृहमन्त्री बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने प्रस्ताव राखेका छन्।

बिहीबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सिवाकोटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका खाणलाई निलम्बन गर्न माग गरे। उनले भने, ‘कुनै पनि भ्रष्टाचारलाई कांग्रेसले पृष्ठपोषण गर्न सक्दैन। कुनै पनि स्वरुपको भ्रष्टाचारलाई कांग्रेसले काध थाप्न सक्दैन। र, हुँदैन पनि। भ्रष्टाचार हो र होइन भन्ने टुंगो लगाउने काम अदालतलाई छोडिदिनुपर्छ। यस्तै आरोपका व्यक्ति स्वयं जवाफदेही हुनुपर्छ।’

सिवाकोटीले भने, ‘कांग्रेस प्रचण्ड नेतृत्वको सरकारको मुख्य खम्बा हो। यही सरकारले हाम्रा वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाणलाई अलगअलग आरोपमा पुर्पपक्षका लागि थुनामा पठाएको छ। सभापतिज्यू, यो प्रकरणमा हाम्रो दुविधा अच्चमकै छ। वरिष्ठ केन्द्रीय सदस्य खाणप्रति अन्याय भएको भन्ने हो भने कांग्रेस सरकारबाट हट्नुपर्‍यो। होइन भने आफ्नै साथीहरु संलग्न भएको सरकारले थुनामा पठाउँदा आरोपितलाई निलम्बन गर्नुपर्छ कि पर्दैनरु यसमा कि थुनामा हुने दोषी हुनुपर्‍यो कि थुनामा पठाउने सरकारका हाम्रै मन्त्रीहरु पूर्वाग्रही भएको हुनुपर्‍यो।’

उनले कांग्रेसले सरकार र साथीमध्ये के रोज्ने होरु यो बैठकले टुंगो लगाउनुपर्ने माग समेत गरेका छन्।