एसीसी इमर्जिङ कप : सेमिफाइनलको समीकरण पुरा

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स कपको सेमिफाइनलको समीकरण पुरा भएको छ । समुह चरणका खेल बुधबार सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो ।

समुह ए बाट आयोजक श्रीलंकाको ए टिम र बंगलादेश ए टिम सेमिफाइनलमा पुगेको छ । श्रीलंका ए ३ खेलमा २ जितसहित समुहमा शिर्ष रहदै सेमिफाइनलमा पुगेको छ भने बंगालदेश ए पनि ३ खेलमा २ जितसहित रनरेटको आधारमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ ।

त्यस्तै समुह ए बाट अफगानिस्तान ए ३ खेलमा २ खेल जितेपनि रनरेटको आधारमा पछि पर्दै सेमिफाइनलको दौडबाट बाहिरिएको छ । त्यस्तै ओमान ए ले भने तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ ।

त्यस्तै समुह बि बाट तिनै खेल जितेर भारत ए विजेता बन्दै सेमिफाइनलमा पुगेको छ भने पाकिस्तान ए ४ खेलमा २ खेल जितेर उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

त्यस्तै नेपालले ३ खेलमा एक खेल जितेर बाहिरिएको छ भने युएई ए ले तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ ।

अब सेमिफाइनलमा श्रीलंका ए ले पाकिस्तान ए को सामना गर्ने छ भने भारत ए ले बंगलादेश ए को सामना गर्ने छ ।

अब सेमिफाइनलका दुवै खेल शुक्रबार हुने छन् । त्यस्तै फाइनल खेल आगामी आइतबार हुने छ ।