पराजित व्यक्तिलाई माथि मनोनीत गर्दा उसको प्रश्न गर्ने क्षमता भुत्ते हुँदै जान्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी अधिवेशनमा एउटा पदमा पराजित भएको व्यक्तिलाई त्यो भन्दामाथि मनोनीत नगर्न प्रस्ताव गरेका छन् ।

सानेपामा जारी केन्द्रीय समितिको बैठकमा उनले यस्तो प्रस्ताव राखेका हुन् ।

उनले भने, ‘पार्टीको अधिवेशनमा एउटा पदमा पराजित व्यक्तिलाई सोही कार्यकालमा माथिल्लो तहमा मनोनीत गर्ने भन्ने कुराले त्यही तहको साथीलाई मसँगै हारेको मभन्दा माथि गयो भन्ने पर्छ । त्यसरी माथि जाँदा उसको प्रश्न गर्ने क्षमता पनि भुत्ते हुँदै जान्छ ।’