होस्टलका बालिकाहरुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सञ्चालक पक्राउ

कामाडौं । काठमाडौं स्वयम्भू–१५ स्थित आनन्दकुटी विद्यापीठ स्कुलको प्रांगणमा स्नो मन्जुश्री संस्थाद्वारा सञ्चालित होस्टलका बालिकाहरुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सञ्चालक सोनम घ्यामचे घले पक्राउ परेका छन् ।

प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा लिएको र होस्टेलका पीडित ११ जना विद्यार्थिहरुलाइ उद्दार गरिएको जनाएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद, काठमाडौ महानगरपालिका, बाल हेल्पलाइन १०९८ , छोरी सस्था र बाल अधिकारका लागि राष्ट्रिय अभियानको सयुक्त टोलिले स्थलगत निरीक्षण गरि प्रारम्भिक रुपमा पीडित बालबालिकाहरुले दिएको जानकारी अनुसार निजहरुमाथि बाल यौन दुर्व्यवहार हुने गरिएको देखिएपछि घले पक्राउ परेका हुन् ।

आरोपित घलेलाइ प्रहरी वृत्त, स्वयम्भुमा राखिएको र पीडितहरुलाइ उद्दार गरि सुरक्षित गृहमा राखिएको जनाइएको छ ।