भुटानी शरणार्थी प्रकरण : पूर्पक्षमा थुनामा राख्ने आदेशविरुद्ध रायमाझी र खाणले दर्ता गराए पूनरावेदन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्पक्षमा थुनामा राख्ने गरि दिएको आदेशविरुद्ध पूर्व उपप्रधानमन्त्री टोपवहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाण पूनरावेदन गएका छन् ।

उनीहरुले आज उच्च अदालत पाटनमा पूनरावेदन निवेदन दर्ता गराएका हुन् ।

यो प्रकरणमा रायमाझी, खाणसहित १६ जनालाई पूर्पक्षमा थुनामा राखी मुद्दाको अन्तिम किनारा लगाउन जिल्ला अदालत काठमाडौंका न्यायाधीस प्रेम प्रसाद न्यौपानेले आदेश दिएका थिए ।

बाँकी त्यसवेला पक्राउमा रहेका दुई जनालाई भने जिल्ला अदालतले धरौटीमा रिह ा गर्ने आदेश दिएको थियो ।

असार १ मा जिल्ला अदालतले दिएको आदेशविरुद्ध खाण र रायमाझी आज पूनरावेदन गएका हुन् । यस अगाडी तत्कालिन गृहसचिव टेकनारायण पाण्डेसहित ८ जना जिल्लाको आदेशविरुद्ध पूनरावेदन गईसकेका छन् ।