नदीमा डुबेर एक बालक बेपत्ता

काठमाडौं । डोटीको सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन्।

दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका ५ वर्षीय बालक सुशान्त साउँद बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मी जोशीले जानकारी दिए ।

उनका अनुसार बिहिवार पौडी खेल्ने क्रममा उनीसँगै डुबेका चार वर्षीय बालक मिलन साउँदलाई उद्धार गरिएको छ ।

मिलनको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। बेपत्ता बालकको खोजी कार्य जारी छ।

उनको खोजीका लागि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक जोशीले बताए ।