बलात्कारको आरोपमा निर्देशक हरिकुमार पोखरेल पक्राउ

काठमाडौँ । मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार पोखरेल आज त्रिपुरेश्वरबाट पक्राउ परेका हुन् ।

जबरजस्ती करणीको आरोप लागेपछि उनलाई पक्राउ गरिएको हो । बलात्कार आरोप लागेपछि पोखरेल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयबाटै सम्पर्कविहीन भएका थिए ।

पोखरेलले उनीविरुद्धमा दिएको निवेदनमा उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डेको एकल इजलासबाट ‘फौजदारी प्रकृतिको विवादमा कानुनबमोजिम जाहेरी लिई कारबाही गर्नुपर्ने प्रकृतिको दायित्वको विषयमा बाहेक निवेदक र विपक्षीबीचको देवानी प्रकृतिको व्यक्तिगत सम्बन्धको विवादको विषयलाई लिएर निवेदकलाई पक्राउ नगर्नू नगराउनू’ भनी अन्तरिम आदेश जारी भएको छ ।