पिजि खाजा घरको भेज म:ममा साङ्लो भेटिएपछि….

काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपको खाजा घरमा अनुगमन गरेको छ । बासी सडेको खाजा बेच्ने गरेको पाइएपछि महानगरले खाजा पसलमा अनुगमन गरेको हो ।

अनुगमन क्रममा भृकुटीमण्डपको पिजि खाजा घरमा मममा साङ्लो भेटिएको थियो । महानगरका एक कर्मचारी खाजा खान भृकुटीमण्डपको पिजी खाजाघर पुगेका थिए । ती कर्मचारीले भेज मस्म मगाएका थिए ।

मम मगाएपछि खाँदा मस्मभित्र साङ्लो भेटिएपछि फेरि चिकेन मस्म मगाए । चिकेन मस्ममा पनि साङ्लो भेटेपछि ती कर्मचारीले महानगरका कर्मचारीलाई खबर गरेका थिए । महानगरको टोलीले उक्त होटलबाट बासी सडेको ममहरु फेला पारेको थियो ।

अन्य होटलहरुमा पनि अनुगमन गरेको थियो । बासी सडेगलेको खाजाहरु परीक्षणको लागि महानगरले लिएर गएको छ । परीक्षणको क्रममा अखाद्य बस्तु भेटिए २ लाखसम्म जरिवाना हुने महानगरले जनाएको छ । महानगरले फ्रिज सिल गरेको छ । साथै पसल भने खोल्न दिने भएको छ ।