युक्रेनले अन्न राखेको ठाउँमा रुसले गर्‍यो ड्रोन आक्रमण

फाईल तस्बिर

काठमाडौ । रुसले युक्रेनका बन्दरगाह र औद्योगिक एकाइहरूमा ड्रोन आक्रमण गरेको अधिकारीहरूले बताएका छन्।

बीबीसीका अनुसार युक्रेनको ओडेसामा आक्रमण भएको हो।

आक्रमणबाट खाद्यान्नको सुरक्षित भण्डारणका लागि राखिएको संरचनामा क्षति पुगेको छ।

युक्रेनको वायुसेनाले यसअघि रुसी ड्रोन इज्मेलको महत्त्वपूर्ण बन्दरगाहतर्फ अघि बढिरहेको बताएको थियो।

अन्न सम्झौताबाट बाहिरिएपछि रुसले युक्रेनी बन्दरगाहमा आक्रमण जारी राखेको छ।

यस विषयमा थप जानकारी आउन बाँकी रहेको अधिकारीहरुले बताएका छन्।