काठमाडौं । आजदेखि प्रज्ञाभवनमा सुरु हुन लागेको सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकअघि स्थायी समिति बैठक मुख्यालय पेरिसडाँडामा बसेको छ। पेरिसडाँडा बैठकले हाल कायम केन्द्रीय समिति सदस्य संख्या ३८५ लाई बढाएर ४०७ जना बनाउने निर्णयलाई सदर गरेको छ।
माओवादीले केन्द्रीय समिति सदस्य संख्या विस्तार गर्न विधान संशोधन गर्ने भएको छ। आजको स्थायी समिति बैठकले विधान संशोधन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय गरेको हो। सिनियर नेतालाई केन्द्रीय समितिमा राख्न माओवादीले सदस्य संख्या थपेको बुझिएको छ।
Add Comment