लगातार आरालो लाग्दै सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहिबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला १ लाख १२ हजार ४ सयमा किनबेच भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा २ सयले घटेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ। त्यस्तैगरी आज चाँदी तोलाको मूल्यसमेत ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको मूल्य ९६ हजार १ सय ९५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मूल्य ९५ हजार ८ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय २२ रुपैयाँ कायम गरेको छ।