नाङ्गाको कुनै इज्जत बेइज्जत हुँदैन र नाङ्गिएको मान्छे सधैं अरुलाई नङ्ग्याउन प्रयत्नरत रहन्छ : रेशम चौधरी

फाईल तस्बिर

काठमाडौं  । नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले सामाजिक सञ्जाल मार्फत् आक्रोश पोखेका छन् । उनले केहि व्यक्तिहरु मिलेर आफुलाई नङ्ग्याउन खोजको भन्दै आक्रोश पोखेका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन् –

‘नङ्गाको कुनै इज्जत बेइज्जत हुँदैन र नाङ्गिएको मान्छे सधैं अरुलाई नङ्ग्याउन प्रयत्नरत रहन्छ । मेरा धेरै थारु अगुवाहरु जेलबाट मलाई ननिस्कोस् भन्ने चाहना राख्दथे साथै अहिलेपनि जेलमा रहेका अरु बन्दी कुनैपनि हालतमा नछुटुन् र रेशम चौधरी समाप्त होस भन्ने यिनको चाहना हो । हिजो टिकापुर द्वन्द गराउने पनि यिनै हुन् । राजबन्दिको नाममा कुम्ल्याउने पनि यिनै हुन् । अहिले भाग नपाएर जथाभावी भुक्ने पनि यिनै हुन् ।’