जुवा खेलेको आरोपमा १३ जना पक्राउ

काठमाडौं । भक्तपुरबाट जुवा खेल्ने १३ जना पक्राउ परेका छन्।

मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारस्थित ओम होटलबाट शनिबार १३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रभु खड्काले सञ्चालन गरेको उक्त होटलमा जुवा खेलिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

उक्त सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले १३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूबाट प्रहरीले ४ लाख १७ हजार ४२५ रुपैयाँ र १० बुक तास बरामद गरेको छ।

प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।