अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सरसफाई

काठमाडौं । हरेक अगष्ट १२ मा मनाउँदै आईरहेको अन्तर्राष्ट्रिय युवा दिवस यस वर्ष “दिगो विश्वका लागि युवाहरुमा हरियाली सीप” भन्ने मूल नाराका साथ सप्ताहव्यापी रुपमा मनाउने भएको छ । सोही अनुरुप नेपालमा पनि सप्ताहव्यापी युवा दिवसको अवसरमा सरसफाई अभियान शुरु गरिएको छ ।

संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीकोको प्रमुख आतिथ्यतामा सप्ताहव्यापी युवा दिवसको सन्दर्भमा पशुपति क्षेत्रको बनकालीमा सरसफाई गरिएको छ । युवा तथा खेलकुद मन्त्रालय, रास्ट्रिय युवा परिषद, पशुपति क्षेत्र विकास कोष, नेपाल विकास अभियान, युवा अभियान लगायत संघसंसस्थाहरुको सहकार्यमा पशुपति क्षेत्र, बनकाली क्षेत्रमा सरसफाइ, झाडी फाड्ने, बृक्ष रोपण र सरसफाइ सचेतना कार्यक्रम गरिएको हो ।

सप्ताह देशभर युवा सचेतना, युवा मुल्य मान्यता जागरण अयिभान, युवा दायित्व र जिम्मेवारी बहस, १६औ योजना र युवा नीति सम्बन्धि छलफल, युवा उधमशिला र रोजगारी, पृथ्वी, वातावरण र जलवायु जोगाउन युवाको दायित्व, युवा सहभागिता र युथ सिभिक स्पेस लगायत विषयमा विशेष कार्यक्रमहरु हुनेछन ।